हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ झ्याङटार बुर्जडाँडा खोल्सामा मानव कंकाल (अस्थिपञ्जर) फेला परेको छ ।

स्थानीय पानीको मुहान खोज्दै जाने क्रममा पहिचान हुन नसकेको अस्थिपञ्जर (कंकाल) फेला परेको हो । कंकालसँगै निलो रङ्गको ज्याकेट र भेन्टा रङ्गको कुहिएको टिसर्ट फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पुरुषको जस्तो देखिने र कंकाल अन्दाजी १७–१८ फिट तल टाउको जस्तो देखिने खप्पर फेलापारी घटना स्थल मुचुल्का गरि अस्थिपञ्जरलाई इलाका प्रहरी कार्यालय मनहरी ल्याइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।