हेटौँडा । श्रीमती भगाएको भन्दै शनिबार एक युवाले एक पुरुषमाथि कुटपिट गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं.८ मच्छेडाँडा बस्ने बर्ष ३१ को सोमलाल बम्जनले आफ्नो श्रीमतीलाई भगाएको भन्दै कुटपिट गरेका हुन् । बम्जनको कुटाईबाट बारा निजगढ नगरपालिका वडा नं.१३ बस्ने बर्ष ३३ को पुर्ण बहादुर रुम्बा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार रुम्बालाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात आफन्तले थप उपचारको लागि भरतपुरतर्फ लगेका छन् । कुटपिट गर्ने बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।