हेटौँडा । हेटौँडामा खहरे खोलामा आएको भेलले बगाउँदा एक बालिकको मृत्यु भएको छ ।

बुधबार दिउँसो हेटौँडा–१८ बरौली खोलामा आएको भेलले बगाउँदा १० बर्षीया रसमति बलको मृत्यु भएको हो । खोला तर्ने क्रममा चिप्लिएर आएको भेलले बगाउँदा उनको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीले शवको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको जानकारी दिएको छ ।