हेटौँडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) गढी गाउँपालिका कमिटीले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । मकवानपुरगढी गाउँपालिकाका ९ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने ४८ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको नेतृत्वको सरकार सुशासन कायम गर्ने बिषयमा अब्बल रहेको बताएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले विद्युत महसुल बक्यौता रहेकाको लाइन जोड्नुले सुशासन कायम हुनेमा शंका उब्जिएको बताए । वर्तमान सरकारको कार्यशैलीले सुशासन कायम हुने आधारहरु क्षीण बनाएको उनको आरोप छ ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य मानकुमारी नेपालीले बिद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्नुपर्नेमा जोड दिइन् । भानु माविका प्रध्यानाध्यापक राजेश थापाले विद्यार्थीलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
सम्मान कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला सचिव बीरबहादुर घलान, प्रदेश सदस्य सिता पुलामी लगायतकाले शैक्षिक क्षेत्र सुधार गर्नसके समग्र विकासमा सकारात्मक प्रभाव पर्नेमा जोड दिए ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष लक्ष्मण खड्का, अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, केन्द्रिय सदस्य राजेन्द्र मोक्तान, जिल्ला अध्यक्ष बुद्धराज अर्याल,सह–सचिब सुजन सिलवाल ,कोषाध्यक्ष अनिल बसेल, गढी अध्यक्ष दिलिप लोप्चन, अखिल क्रान्तिकारी सदस्य दिपिका तुम्लिङ ,पबित्रा बिक, अखिल क्रान्तिकारी गढी गाउँ कमिटी अध्यक्ष कल्पना दर्लामी मगर लगायतकाको सभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्