हेटौंडा । हेटौंडा ५ सानोपोखरा कल्भटमा सोमवार राती मोटलसाइकललाई ठक्कर दिएर स्कारपियो फरार भएको छ ।

स्कारपियोको ठक्करबाट ना ५१ प ३५५७ नम्बरको मोटरसाइकल चालक हेटौंडा २ वनस्खण्डी बस्ने २४ बर्षीय अनिश थापामगर घाइते भएका छन । स्कारपियोको ठक्करबाट घाइते भएर सडकमा लडेका अनिशलाई चौघडाबाट हेटौंडा आउँदै गरेको अटो चालक महेन्द्र चौधरीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको सानोपोखरा स्थित शाह मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि सन्चो हस्पिल लगिएको थियो ।

स्कारपियोको ठक्करबाट अनिशको टाउको, हात, खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिएर फरार भएको स्कारपियोको खोजि भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।