हेटौँडा । पश्चिम मकवानपुरबाट प्रहरीले लागूऔषध चरेससहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले । गत बिहीबार थाहा नगरपालिका–३ सिखरकोट बजारमा दुम्सिखर्कबाट हेटौँडा जाँदै गरेको ना ४ ख ४५६७ नम्बरको बसलाई रोकेर सुरक्षाजाँच गर्दा लागुऔषध चरेससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले भारतको सितामडीका ४५ वर्षीय सुदिर सिंह र ६८ वर्षीया रेनुदेवी चौधरीलाई ६ केजी लागूऔषध चरेससहित पक्राउ गरेको जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट २० दिनको म्याद अनुमति लिई सिंह र चौधरीलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्