हेटौंडा । भन्सार छलेर ल्याएको कपडा सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुईजना पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बाट भन्सार छलेर ल्याइएको कपडा बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर ३ बस्ने बर्ष १९ को तवकिर जोगी र सोही स्थानको वडा नं. २ बस्ने बर्ष १८ को निराज आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट कुर्ता सुरुवाल, सुरुवालको थानको कपडा, टावेल गरी अन्दाजी एक लाख पाँचहजार सात सय बराबरको कपडा बरामद गरेको जनाएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।