हेटौँडा । मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४२ वर्षिय केदार तामाङ र सोही स्थान बस्ने ३६ वर्षिय सुकमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा–१५ रातमाटे स्थित प्रहरी चौकी रातामाटेले शुक्रवार साँझ सवारी चेकजाँच गर्ने क्रममा हेटौँडाबाट पथलैयातर्फ जादैं गरेको ना ७ ख ६०६१ नम्बरको यात्रुबाहक बसबाट उनीहरूलाई चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।