हेटौँडा । हेटौँडा–७ न्यूरेनीमा रहेको श्री निवास टोल विकास संस्थाको सातौं वार्षिक साधारणसभा शनिवार भएको छ ।
हेटौँडा –७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष जनार्दन पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन, सचिव मिना अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सीताराम न्यौपानेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणभामा २०८० सालको एसइइ परीक्षमा उत्कृष्ट अंक हासिल गर्ने दुई जनालाई नगद सहित पुरस्कृत गरिएको थियो । संस्थाले सुसान्त तिवारी र प्रमिस थापालाई नगद सहित सम्मान गरेको थियो ।
साधारणसभामा हेटौँडा–७ का सचिव भैरब कुमाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, समूहका पूर्व अध्यक्ष रघु प्रसाद आचार्य, प्रल्हाद शर्मा आचार्य, सृजना टोल विकास संस्थाका पवित्रा आचार्य, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो । टोल विकास संस्थामा एकसय १० जना सदस्य रहेका यो संस्थाले एघार लाखको कारोवार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्