Two textured background and blue paper mockup

हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ९ बाट लागु औषध सहित दुईजनालाई पक्राउ गरेको हो ।

मोटरसाईकल चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट ५८५ ट्याब्लेट, स्पास्मो प्रोक्सीभोन २८८ ट्याब्लेट गरी जम्मा ८७३ ट्याब्लेट लागुऔषध बरामद गरेको थियो ।

प्रहरीले ज ८ प ५६५ नम्बरको मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष २१ को जलजला स्याङ्बो र ना ३६ प ६९६१ नम्बरको मोटरसाइकल चालक मकवानपुर बकैया गाउपालिका वडा नम्बर ७ बस्ने बर्ष २१ को आशिष बोम्जनलाई पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेको लागु औषध, मोटरसाइकल सहित दुबैजनालाई मकवानपुर जिल्ला अदालतबाट १५ दिन म्याद थप गरि थप अनुसन्धानको गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।