Paper mockup design background

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मेनरोडमा रहेको प्रकाश इलेक्ट्रोनिस एण्ड हाडवर्यस सप्यायर्सको गोदाममा आगलागी भएको छ ।

हिजो राती (बिहिवार) करिव १० बजे हाडवर्यसको गोदाममा आगलागी भएको हो । आगलागी करिव ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म आगलागीको कारण र क्षतीको विवरण नखुलेको छैन । विद्युत सर्टको कारण आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । प्रहरीले घट्नाबारे आवश्यक जानकारी लिने काम भईरहेको जनाएको छ ।