मामाघर नेपालका बालबालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिदै ।

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको मामाघर नेपालमा प्राथमिक उपचार कक्ष निर्माण गरिएको छ ।

सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय मामाघर नेपालको भवनमा प्राथमिक उपचार कक्ष निर्माण गरिएको हो । काठमाडौं निवासी हिराकाजी महर्जनले स्वास्थ्य बेड, टेबल, कार्पेट, प्राथमिक उपचार बाक्स र औषधि उपलब्ध गराएपछि मामाघर नेपालमै प्राथमिक उपचार कक्ष निर्माण गरिएको छ । महर्जनले करिव २५ हजार बराबरको सामाग्री उपलब्ध गराएका थिए ।

मामाघर नेपालमा निर्माण गरिएको प्राथमिक उपचार कक्षबाट मामाघर नेपालमा संरक्षित भान्जा सहित समुदायका बालबालिकालाई पनि सेवा दिने लक्ष्य रहेको मामाघर नेपालका अभिभावक तथा संरक्षक अर्पण पराजुलीले बताए । सहयोगी महर्जन परिवार तथा जुजुकाजी महर्जनलाई उनले धन्यवाद समेत दिए ।