हेटाैँडा । छिमेकी महिलालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई जिल्ला अदालत मकवानपुरले ७ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
अदालतले युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडकबाट पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको बिहीबारको इजलाशले मकवानपुरगढी घर भएका ३२ वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
युवकले महिलालाई जंगलमा घाँस काट्न गएको अवस्थामा २०८० कात्तिक २५ गते बलात्कार गरेका थिए । पीडक युवक २०८० पुसदेखि क्षेत्रीय कारागार भीमफेदमा छन् ।
प्रतिक्रिया दिनुहोस्