हेटौँडा । हेटौँडाको बसपार्कबाट बेवारिसे अवस्थामा फेला परेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्क क्षेत्रमा काम गर्दै खार्दै हिँड्ने अन्दाजी ३५ वर्षीय कन्चन परियार नाम बताउने महिलाको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । महिलाको वतन भने खुलेको छैन ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिरामी भई उपचारको लागि प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगेकोमा उनको उपचारको क्रममा डाक्टरले मृत घोषण गरेको हो । परियारको शव अस्पतालमै रहेको छ ।