हेटौँडा । हेटौँडामा एक जना बालिकाको लडेर मृत्यु भएको छ ।
शुक्रवार राति शौचालय जानेक्रममा लडेर हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा डेरागरी बस्ने महोत्तरी डाँडा गाउँपालिका–३ अजमरपटी घर भएकी ५ वर्षीय सिरियाकुमारी मण्डलको मृत्यु भएको हो ।
शौचालय जानेक्रममा लडेर टाउकाको भित्री भागमा चोट लागी गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बालिकाको शव अस्पतालमै रहेको छ, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्