हेटौँडा । मकवानपुरको राक्सिराङ ३ सिमलडाँडा जङ्गलमा कुलो खन्न गएका एक व्यक्तिलाई रुखको हाँगा खसेर लाग्दा मृत्यु भएको छ ।

आइतबार बिहान करिब ११ बजेको समयमा राक्सिराङ–५ ठाडे गाउँका करिब ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको हो ।

एक्कासी सिमलको रुखको हाँगा भाँचिएर खस्न जाँदा प्रजालाई लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जङ्गलमा पानीको कुलो खन्नका लागि १० जनाको समूह गएको थियो ।