हेटौंडा । नेवा देय् दबु हेटौंडा उपमहानगर समितिको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छिन । शुक्रबार भएको भेलाले श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नेवा देय् दबुको हेटौंडा उपमहानगर समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा संग्राम श्रेष्ठ, सचिवमा मनिषमान श्रेष्ठ, कोषाध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन । त्यस्तै सदस्यमा कृष्णलाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, जनरल श्रेष्ठ, सागर बलामी, गायत्री श्रेष्ठ, सुदीप श्रेष्ठ, गमला राजभण्डारी, सृष्टी गोर्खाली, दिलकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ सर्वसम्मत चयन भएका हुन ।

शुक्रबारकै भेलाले बागमती प्रदेश अधिवेशनमा सहभागी हुन प्रतिमा श्रेष्ठ, शिवकुमार श्रेष्ठ, गोपाल श्रेष्ठ, सुदीप श्रेष्ठ र दिलकुमार श्रेष्ठलाई प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।