हेटौंडा । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको मकवानपुर बहुमुखी क्याम्पस इकाई अध्यक्षमा रविन कोइराला चयन भएका छन ।

शनिबार बिहान भएको इकाई अधिवेशनबाट अध्यक्षमा ३ बर्षे कार्यकालका लागि कोइराला सर्वसम्मत चयन भएका हुन । अधिवेशनबाट उपाध्यक्षमा श्याम सुवेदी, सचिवमा दिनेश विडारी, सहसचिवमा सोनेलाल झा, कोषाध्यक्षमा निरा शर्मा चयन भएका छन ।

यस्तै, सदस्यमा सोलार अधिकारी, लेखनाथ पौडेल, गोविन्द प्रसाद सञ्जेल, लिना श्रेष्ठ, श्रीजेस चौवे र सुशील न्यौपाने चयन भएका छन ।