हेटौँडा । लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाईरहेका मकवानपुरका पत्रकार सुजन ढकाल सम्मानित भएका छन ।

हेटौँडा–८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार भएको २५ औँ साधारणसभाको अवसरमा उनलाई नगदसहित सम्मानित गरिएको हो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ध्रुवराज पुडासैनी, शेयर सदस्यतर्फ चेतनाथ आचार्य, मानबहादुर बयलकोटी, फुलबहादुर स्याङतान र सुनचरी स्याङतानलाई पनि सम्मान गरिएको छ । त्यस्तै धितो कर्जातर्फ सजिना डिम्डुङ्ग, पदमा देवी थापा, नुरेशा खातुन, बिना धितोकर्जामा राजु योञ्जन, मैया गुरुङ, गोकुल बहादुर चुनी, नियमित मासिक बचतमा उर्मिला नेपाल र मान बहादुर बल, बालबचतमा रिदम स्याङतान र प्रशन्ना भट्टराईलाई पुरस्कृत गरेको थियो ।

संस्थाका अध्यक्ष मोतिलाल लामाको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष मोतिलालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमेशकुमार पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।