
हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको शनिवार हेटौँडामा भएको निर्वाचन कार्यक्रममा लायन्स क्लवले पिउने पानी उपलब्ध गराएको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा क्लवले निर्वाचनमा मतदाता, उम्मेदवार र सर्वसाधारणका लागि पिउने पानीको व्यवस्था मिलाएको हो ।
लायन्स क्लवका संस्थापक अध्यक्ष जोनको जन्मोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत चौथो दिन कार्यक्रम मउवा संघको मतदान स्थलमा हेटौँडा–२ स्थित पल्पसामा मतदान गर्न पुगेका मतदातालाई पिउने पानी उपलब्ध गराएको लायन्स क्लव अफ हेटौँडा बजार ग्रिन सिटीका पूर्व अध्यक्ष राजेश वाग्लेले जानकारी दिए । २० जार बढी पिउने पानी वितरण गरिएको उनको भनाई छ ।
यसअघि सप्ताहव्यापी कार्यक्रम अन्र्तगत हेटौँडाको बुद्धचोकमा स्वास्थ्य परीक्षण, बाल आश्रममा आश्रितका लागि न्यानो कपडा समेत वितरण गरिएको वाग्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्