हेटाैँडा । मकवानपुर प्रहरीले १५ किलो ६८० ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, नेवारपानीबाट २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका–३, हाँडीखोला बस्ने ४० वर्षका बाबु बल भन्ने नक्कलबहादुर बल र हेटौंडा ११ थानाभर्याङ बस्ने १९ वर्षका आशिष भन्ने सलमान गुरुङ रहेका छन् ।
नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना५ ख ५१२९ नम्बरको बसमा आएका उनीहरुलाई शंकाको आधारमा खानतलासी गर्दा १५ किलो ६८० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूले बोकेको झोलाभित्र लुकाएर ल्याएको अवस्थाको गाँजा फेला पारेको हो ।
दुवै जनालाई जिल्ला अदालत मकवानपुरबाट ८ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।












प्रतिक्रिया दिनुहोस्