हेटौँडा । इच्छादेवी टोल विकास संस्था हेटौँडा–७ को नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
इच्छादेवी टोल विकास संस्थाका अध्यक्ष युवराज गौतमको अध्यक्षता एवं हेटौँडा उपमहानगरपालिका ७ नं वडाका अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, ७ नं वडाका सचिव भैरव कुमाल,  नगर समन्वय समितिका सदस्य लक्ष्मी अधिकारी, वडा समन्वय समितिका सचिव रेखा मैनाली, हेटौँडा साकोसका अध्यक्ष इन्द्र बहादुर बस्नेत, नेपाल रेडक्रस सोसाइटी हेटौँडा उपशाखाका कोषाध्यक्ष सिताराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाले अध्यक्ष गौतमले प्रस्तुत गरेको प्रगति प्रतिवेदन  र कोषाध्यक्ष दुर्गा महतले प्रस्तुत गरेको दश लाख दुई हजार चार सय एकासी रुपैयाँको आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ । कार्यक्रमको अवसरमा टोलमा रहेका ५ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको अध्यक्ष गौतमले जानकारी दिए  । इच्छादेवी टोल विकास संस्थामा हाल ९५ घरधुरी सदस्य आबद्ध रहेका छन् ।