हेटौंडा । हेटौडा–६, चौघडा निवासी सामाजिक अभियन्ता भीमसेन पौडेलले यहाँको एक विद्यालयमा अध्यययनरत २ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन ।

आफनी धर्मपत्नी राधिका पौडेलको स्मृतिमा निजले बंशगोपाल मावि चौघडामा कक्षा–११ मा अध्ययनरत धावा घिसिङ र कक्षा–१२ मा अध्ययन गर्ने सुष्मा गौतमलाई जनही ५÷५ हजारका दरले छात्रवृति वितरण गरे । शिक्षाको ज्योति सबैले पाउन भन्ने उद्धेश्यले आफूले श्रीमतीको नाममा जनकल्याण सहकारीमा अक्षय कोष स्थापना गरि व्याज वापतको रकमले छात्रवति रकम प्रदान गरिएको पौडेलले बताए ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलगाईको प्रमुख आतिथ्यता एवम पौडेलका दाजु नवराज पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, चुच्चेखोला सामुदायिक वनका सदस्य शिवप्रसाद गौतम लगायतको सहभागिता थियो ।

कार्यक्रममा १ लाख ११ हजारको अक्षय कोषलाई वृद्धि गरी १ लाख २५ हजार पु¥याईएको जानकारी गराईएको थियो । सामाजिक अभियन्ता पौडेल विभिन्न संघसंस्थामा आवद्ध रहेको साथै सञ्चार क्षेत्रमा समेत क्रियाशिल छन ।