हेटौँडा । सव डिभिजन वन कार्यालय, हेटौँडाको आयोजनामा वन व्यवस्थापन सम्बन्धी एक दिने फिल्ड अभ्यास तालिमको आयोजना गरिएको  छ । हेटौँडा–५ मा रहेको पिप्ले पोखरा सामुदायिक वनको क्षेत्रमा फिल्म  अभ्यास तालिमको आयोजना गरिएको  हो ।

सामुदायिक वनमा गरिने वन व्यवस्थापन, थिनिङ, झाडी सफाई लगायतका गरिने कार्यहरूको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको सव डिभिजन वन कार्यालय, हेटौँडाकी वन अधिकृत सकविना रिजालले वताईन ।

तालिममा डिभिजन वन अधिकृत  राकेश प्रसाद चन्द्रवंशी, वन अधिकृत  सकविना रिजाल, अधिकृत छैठौ श्रीकृष्ण  न्यौपाने , सामुदायिक  वन उपभोक्ता  महासङ्घ स्थानीय महसंघ हेटौडाका अध्यक्ष  शम्भु  प्रसाद न्यौपाने लगायतकाले सहजीकरण  गरेका थिए ।

तालिममा पिप्लेपोखरा, रानी , न्यूरेनी चिसापानी , सुन्दर, वनस्खणडी र भुटनदेवी सामुदायिक  वनका पदाधिकारीहरूको सहभागिता रहेको पिप्लेपोखरा सामुदायिक  वनका अध्यक्ष  रामहरि चौलागाईले बताए ।

भीमसेन पौडेल
थप जानकारी