Palestinians watch as smoke rises following Israeli strikes, amid the ongoing conflict between Israel and Hamas, in Nuseirat in the central Gaza Strip, November 1, 2024. REUTERS/Ahmed Mustafa TPX IMAGES OF THE DAY

बेरुत । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ ।

सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए ।

आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दा आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दा इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् ।

तर, इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूमा गोली हानेको छ । सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौताको बावजुद यी घटना आएका छन् । एजेन्सीकाे सहयाेगमा