
हेटाैँडा । कैलाश गाउँपालिकाले दुई करोड ३० लाख रुपैयाँ थप अनुमानसहित चालू आर्थिक वर्ष ०८१/८२ को बजेट संशोधन गरेको छ। चालू आवमा २७ करोड ३७ लाख रुपैयाँको बजेट बनाएको गाउँपालिकाले १५औँ गाउँसभाबाट दुई करोड ३० लाख २४ हजार रुपैयाँ थप अनुमानसहित बजेट संशोधन गरी २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बनाएको हो।
गाउँसभाको बैठकमा उपाध्यक्ष बालकुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेस गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित भएको हो। गाउँसभाबाट चालूतर्फको आठवटा योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थप गरिएको छ भने २९ वटा नयाँ योजना थपिएका छन्। पुँजीगततर्फ ३५ करोड २० लाख पाँच हजार रुपैयाँ बजेट थप गरिएको छ।
यसैगरी, गाउँसभाले चालूतर्फ २५ वटा योजनाको रकमान्तर गरेको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तर गरेको छ। गाउँसभाबाट खानेपानी सरसफाइ ऐन र पशु स्वास्थ्य तथा पशु सेवा ऐन पारित गरिएको छ। तीनवटा ऐन र २७ वटा कार्यविधि संशोधन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्