हेटौंडा । स्मृतिमा मामाघर नेपाललाई नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ । हेटौंडा ३ निवासी भगवती हटुवालले आफन्त दल माया राईको स्मृतिमा नगद सहित खाद्यान्न मामाघर नेपाललाई सहयोग गरेकी हुन ।

उनले स्मृतिमा मामाघरलाई दुई हजार रुपैयाँ नगद सहित १ बोरा चामल, ५ किलो आलु, १ लिटर तेल, २ किलो प्याज, ३ किलो काउली, १ कार्टुन चाउचाउ, बिस्कुट, नुन र मसला सहयोग गरेकी हुन ।

मामाघर नेपाललाई सहयोग गरेको प्रति मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले धन्यवाद व्यक्त गरेका थिए ।