हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्लेमा रहेको द डुवर्स फ्यामेली रेष्टुरेन्टमा अपरान्ह आगलागी भएको छ ।

सोमबार अपरान्ह रेष्टुरेन्टमा आगलागी हुँदा ४ वटा कटेज पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको बारूण यन्त्र, वडा प्रहरी कार्यालयको टोली र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछी आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी ४ लाख रूपैयाँको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।