हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा ४ जना घाईते भएका छन् ।

हटियाको बाबुचोकमा सोमबार दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा ना ६० प ५३९ नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर–९ का ३८ बर्षीय श्याम बहादुर तामाङ, मोटरसाइकलमा सवार उनकी श्रीमती ३२ बर्षीया सुस्मिता तामाङ, छोरा ५ बर्षीय सुसिन तामाङ र ना ६३ प ७००६ नम्बरको मोटरसाइकल चालक बारा जितपुरसिमरा–१ का ४४ बर्षीय मन्दिप बराल रहेका छन् ।

हेटौडा बजारबाट ठुलोदमारतर्फ जाँदै गरेको ना ६० प ५३९ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ६३ प ७००६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा ना ६० प ५३९ नम्बरको मोटरसाइकल सवार २ जना बाटोमा लडेको अबस्थामा पुन हेटौडा बजारबाट ठुलोदमारतर्फ जाँदै गरेको निजगढ नगरपालिकाद्वारा संचालित रतनपुर स्वास्थ्य चौकिको प्रदेश ३–०१–०२ झ ५०५६ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुलाई चुरेहील अस्पताल पठाएको पठाएको प्रहरीले जनाएको छ ।