हेटौंडा । सुख्खायाममा लाग्ने वनडढेलोलाई कसरी बचाउने भन्ने विषयमा मंगलवार हेटौडा–१९ ज्यामिरेमा रहेको जलेश्वर सामुदायिक वन उपभोक्ता समूहमा एक दिवसीय वनडढेलो ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको हो । तालिममा सुन्दर सामुदायिक वन उपभोक्ता समूहका पुर्व अध्यक्ष बुद्धिप्रसाद पौडेलले सहजीकरण गरेका थिए । तालिममा वनडढेलोले पु¥याउने हानी, वातावरणीय क्षेती, वनपैदावारमा हुने हानी, वनडढेलो नियन्त्रण गर्ने उपाय लगायतका विषयहरुमा जानकारी गराइर्एको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यता एवम स्थानीय महासंघ,हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–१९ का वडा सदस्य पूर्ण बहादुर ब्लोन, जलेश्वर सामुदायिक वनका अध्यक्ष दोर्जे लामा, सञ्चारकर्मी भीमसेन पौडेल ,महासंघका सहजकर्ता सुमित लामा, रुजन ओझा, ज्यामिरे शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश बत्र्तौला लगायतको उपस्थिति रहेको थियो ।

तालिममा जलेश्वर सामुदायिक वनका ४५ जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । महासंघले सुख्खायाममा लाग्ने बनडढेलोलाई मध्यनजर गर्दै विभिन्न सामुदायिक वन समूहहरुमा सचेतनामुलक वनडढेलो व्यवस्थापन तालिम सञ्चालन गर्दै आएको छ ।

 

भीमसेन पौडेल
थप जानकारी