हेटाैँडा । मकवानपुरको भिमफेदीस्थित बहुउद्देश्यीय प्लास्टिक उद्योगमा आगलागी भएको छ । भिमफेदी गाउँपालिका— ६ मा रहेको नेपाली सेनाद्वारा सञ्चालित उद्योग परिसरमा रहेको ब्यारेक भवनमा विद्युत सट भइ आगलागी भएको हो ।

बुधबार बिहान सात बजेदेखि आगलागी भएको थियो । काठैकाठले बनेको राणाकालीन भवनको ७ सातवटा कोठामा पूणरुपमा क्षति पुगेको छ । ती भवनमा सैनिक जवानहरु बस्दै आएका थिए । आगलागीका कारण उनीहरुको बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका छन् । काठैकाठको भवन भएकाले आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । उद्योगतर्फ भने आगालागी भएको छैन ।

इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको टोली, सशस्त्र प्रहरी, सेनाको टोली र हेटौंडा उपमहानगरपालिकाको दमकको सहायताले २ घन्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट के, कति क्षति भयो त्यसको विवरण लिँदै गरेको प्रहरी निरीक्षक ढकालले बताइन् ।

Visited 89 times, 1 visit(s) today