काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विभिन्न ८ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ताको बिक्री खुलाएको छ ।
बैंकका अनुुसार यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र लाजिम्पाटस्थित बैंकको शेयर शाखामा आवेदन दिनुपर्नेछ।
३५ दिनभित्र पनि संस्थापक शेयरधनीबाट खरिद आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्