हेटौंडा । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु मकवनापुर बहुमुखी क्याम्पस कमिटीले फागु पुर्णिमा (होलि पर्व) को अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।

अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यता तथा अनेरास्ववियु मकवनापुर बहुमुखी क्याम्पस कमिटी संयोजक आशिष रौनियारको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा एमाले मकवनापुरका सचिब नबिन सिग्देल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य किसन घिसिङ, केन्द्रीय सदस्य आशिष अस्लामी मगरका अनेरास्ववियु मकवनापुर अध्यक्ष बिशाल पौडेल, उपाध्यक्ष भुवन मैनाली, सचिब पुस्कर तिमल्सिना, सह–सचिब प्रमोद फुयाँल, अखिल फोर्स मकवनापुर तथा स्वयम सेवक बिभाग प्रमुख मनिश मान श्रेष्ठ लागायतका बिद्यार्थी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।