file photo
file photo

हेटाैँडा । मकवानपुरमा आफ्नै छारोले चलाएको भरुवा बन्दुकको छर्राले लागेर बाबु घाइते भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ स्थित अघोरका कान्छाराम थिङलाई निजकै छोरा ईमान सिंह थिङलले चलाएको बन्दुकको छर्राले लागेको हो।

बाबु ५९ वर्षीय कान्छाराम निजको छोरा वर्ष ३५ का ईमान सिह छुट्टिएर बसेको र आँगन एउटै रहेकोमा बुधबार बिहान ८ बजेतिर आफ्नै बुबालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कुखुरा आफ्नो आँगनतर्फ आएको विषयमा बाबु छोराको विवाद हुँदा भरुवा बन्दुकले हानेर घाइते बनाएको बताइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले निजको छोरालाई इजाजतपत्र नभएको एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जानकारी दिए । घाइते कान्छारामको बाँया खुट्टाको तिख्रा र दाहिने हातमा छर्राले चोट लागेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

Visited 77 times, 1 visit(s) today