हेटौँडा । मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मनहरी–८ सिमपानीमा शुक्रवार बिहान ५ बजेर १५ मिनेटको समयमा ट्रकले ठक्कर दिँदा मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई मनहरी–८ बस्ने ७० वर्षीय गङ्गा बहादुर स्याङतानको मृत्यु भएको हो ।
हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख. ७७१२ नं. को लोड ट्रकले बाटो क्रस गर्दै गरेको वृद्धलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
ठक्कर दिने ट्रक र ट्रक चालक सर्लाही हरिवन नगरपालिका–११ बस्ने ४० वर्षीय प्रमोद महत्तो इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा रहेको छ ।












प्रतिक्रिया दिनुहोस्