हेटौंडा । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय हेटौंडाले बुधबार हेटौंडा—५ स्थित रहेको बालज्योति माध्यमिक विद्यालयलाई मास्क सहयोग गरेको छ ।

विद्यालयमा एक कार्यक्रम आयोजना गरी १४ हजार थान मास्क हस्तान्तरण गरिएको हो । कोभिड—१९ संक्रमण रोकथामका लागि माक्स सुनिश्चितता कार्यक्रमअन्र्तगत् पहिलो चरणमा विद्यालयलाई उक्त मास्क सहयोग गरिएको नेपाल स्काउट प्रदेश स्काउट कार्यालय बागमतीका सदस्य महेन्द्र रानामगरले बताए ।

विद्यालयका प्रधानाध्यापक भरत पोखरेलले विद्यालयमा मास्कको अभाव सिर्जना हुने अवस्थामा नेपाल स्काउटले हस्तान्तरण गरेको मास्कले राहत पुग्ने बताए । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय बागमतीका सदस्य महेन्द्र रानामगर र अधिकृत शोभा लामिछानेले विद्यालयका प्रअलाई मास्क हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ५ नम्बर वडा सदस्य भागवती विक, विद्यालय व्यवस्थापन समितीकी शशी दाहाल, पूर्वअध्यक्ष सल्लाहकार रविन्द्र पोखरेल, सहायक प्रअ वर्दराज वाग्ले, नेपाल स्काउट नगर सदस्य अनिल आचार्य लगायतको उपस्थित थिए ।