हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचरीमा भएको यात्रु बस दुर्घटनामा मृत्यु भएका दुईजनाकै पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बसका सहचालक नुवाकोट तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र बसमा यात्रा गरिरहेका २९ वर्षीय शम्भु दराई मगर रहेका छन् ।

हेटौंडाबाट भरतपुर जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस आज विहान मकवानपुरको मनहरी गाउँपालिका – ६ सुनाचुरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
साभारः प्रष्ट खबर