हेटौंडा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक जना अभियुक्त मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी निवासी ३८ वर्षीय हरी भन्ने बुद्ध मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । उनी २०८२ जेठ २९ गते हेटौंडा–१० राप्ती रोडस्थित दास इम्पोरियम कपडा पसलका सञ्चालक ६१ वर्षीय राजा बाबु दास कथवनीयामाथि फलामे रड, काठको बेलन र नङ प्रयोग गरी आक्रमण गरी गम्भीर घाइते बनाएको आरोपमा फरार थिए ।
वारदातपछि लुकिछिपी बसेका मोक्तानलाई खोजतलासका क्रममा मिति २०८२ साउन २२ गते राति ११:४० बजे उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका मोक्तानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत मकवानपुर, हेटौंडामा पेश गरिएको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्