हेटौँडा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले तीज विशेष कार्यक्रम गरेको छ ।
बागमती प्रदेश डिभिजन कार्यालय अन्र्तगतका कार्यालयहरु सिन्धुली वितरण केन्द्र, हेटौँडा, वितरण केन्द्र, पालुङ वितरण केन्द्र, रत्ननगर टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र, चनौली वितरण केन्द्र तथा भौगोलिक क्षेत्रभिर रहेका नेपाल बिद्युत प्राधिकरणका कार्यालयमा कार्यरत महिला कर्मचारीका लागि हेटौँडामा तिज बिशेष कार्यक्रम गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केन्द्र बहादुर गुरुङ, उपाध्यक्ष एव महिला विभाग प्रमुख टीका कुमारी ढकाल, महासचिव विश्वराज भट्टराई, सचिव संगिता बानियाँ, केन्द्रीय सल्लाहकार केदार बहादुर लामिछाने, कर्मचारी संघका उपमहासचिव देवी माया कोइराला, युनियनका कमला गौतम, हेटौँडा ग्रिड महाशाखा प्रमुख नवीन कुमार लाभ, हेटौँडा वितरण केन्द्र प्रमुख शिवराम यादव लगायतकाले शुभकामना दिएको प्रदेश उपाध्यक्ष भरत कुमार भण्डारीले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्