हेटौँडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–३, बसामाडीमा ट्रकले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते भएका छन ।
हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ०६११ नं.को ट्रकले पैदल यात्री सहारा ग्यास डिपोमा लेबर काम गरी बस्ने मकवानपुर बागमती गाउँपालिका–६ बस्ने ३२ वर्षीय सुजन आले घाइते भएका हुन ।
उनको टाउको र कम्मरमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए । हेटौँडास्थित चुरेहिल अस्पतालमा घाइतेको उपचार भइरहेको छ । ठक्कर दिने ट्रक, ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१० बस्ने २९ वर्षीय अनुप थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्