हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध र नगद सहित एक युवकलाई पक्राउ गरेको छ ।

बिशेष सुचनाका आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ घर भई वडा नं. २ मा डेरा लिई बस्ने बर्ष २१ बर्षीय अजय गोलेलाई पक्राउ गरेको हो ।

प्रहरीले गोलेको डेरामा चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागुऔषध डाईजेपाम ५८ एम्पुल, फेनारगन ५७ एम्पुल, नफिन ५७ एम्पुल गरी १७२ एम्पुल, लागुऔषध नाईट्रोभेट ८१ ट्बलेट, लागुऔषध अनरेक्स ३ बोतल, लागुऔषध ट्रामाडोल २१ क्याप्सुल र नगद २९ हजार ६५० फेला पारेको थियोे ।

पक्राउ परेका गोलेमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।