हेटौँडा । मनहरीमा आगोले पोलेर बालिका घाइते भएकी छिन् । मनहरी गाउँपालिका–४ मसिनीका देव प्रजाको छोरी अन्दाजी ९ महिनाकी सफलता प्रजा शुक्रवार खेल्ने क्रममा आगोले पोलेर घाइते भएकी हुन ।
बुबा आमा घर बाहिर काम गरी रहेको अवस्थामा बच्चा घर भित्र खेल्ने क्रममा नजिकै रहेको चुल्होमा परी आगोले पोली घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हेटौँडा अस्पताल मकवानपुरमा घाइते बालिकाको उपचार भइरहेको छ । बालिकाको शरीरको विभिन्न भागमा पोलेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्