??????????????????????????????????????????????????????????

ललितपुर । प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका–४ घर भएका २४ वर्षीय नविन खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।