हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ मा एक शव फेला परेको छ ।

बुधबार बिहान हेटौंडा–५ चिसापानी लक्ष्मिनारायण मन्दिर नजिक स्थानीय राजेश घिमिरेको घरमा डेरा बस्ने भारत बिहार लाईन सुगौली घर भएका अन्दाजी ५० वर्षीय भुटि मिया आफ्नै डेराको ढोका बाहिर घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

घटनाको आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।