काठमाडौं । प्रहरीले ४७ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं मच्छेगाउँ बस्ने ३१ वर्षीय बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्ने २० वर्षीय रमेश यादव रहेका छन् ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेका उनीहरुलाई दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङ चेकपोष्टमा खटिएको प्रहरी टोली चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन,२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक एवम् प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्