हेटौंडा । मकवानपुरको हेटौंडा १९ बस्तिपुर राप्तिखोलामा काठको पुल भाँचिदा गुडिरहेको ट्याक्टर दुर्घटना हुँदा राक्सिराङ गाउँपालिका वडा नंबर ८ बस्ने २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको छ ।

गएराति २ बजे राप्तिखोलामा भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउदै गरेको ना ६ त १८४५ नंबर को खालि ट्याक्टर काठको पुलबाट क्रस गर्ने क्रममा अचानक काठको पुल भाँचिदा दुर्घटना भएर ट्याकटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।