हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ नं. वडा कार्यालयको आयोजना तथा हेटौँडा स्वास्थ्य चौकी चौघडाको व्यवस्थापनमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी आहान श्रेष्ठ प्रथम भएकी छन्।

‘वडा अध्यक्ष जनता घरदैलो कार्यक्रम : भविष्यको डाक्टर म’ अन्तर्गत ‘स्वस्थ शहर’ विषयमा आयोजित प्रतियोगितामा मुनलाइट इन्टरनेसनल स्कूलकी दृश्याम पौडेल द्वितीय तथा वंशगोपाल माध्यमिक विद्यालयकी सृष्टि गौतम तृतीय भएकी छन्।

प्रतियोगितामा वडा नं. ६ भित्र रहेका पाँच वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा टी.एन. ढुङ्गेल, केशव तिमल्सिना र केदार लामा रहेका थिए।

कार्यक्रम हेटौँडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता तथा वडा सदस्य विजय पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा वडा सदस्य सरिता सापकोटा, वडा सचिव सीताराम अर्याल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल, शिक्षक–शिक्षिका, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।

भीमसेन पौडेल
थप जानकारी