हेटौंडा । हेटौंडामा आज आएको हावाहुरीका कारण रुख ढल्दा मयुरीमा सवार ३ जना घाइते भएका छन । हेटौंडा–२ मुख्यमन्त्री निवास आगाडिको बाटोमा रुख ढलेर गुडिरहेको मयुरीलाई थिच्न पुग्दा मयुरीमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

बिहीबार साँझ आएको हावाहुरीका कारण मुख्यमन्त्री निवास नजिकै रहेको रुख ढल्न पुग्दा ना १ ह १४०४ मयुरीलाई थिचेको थियो । घाइतेलाई उद्धार गरेर उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । सामान्य उपचारपछि घाईतेहरु घर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ढलेको रुख हटाउने काम भएको छ भने मयु्री घट्ना स्थलमै रहेको छ । हावाहुरीको कारण यस क्षेत्रमा केही सयम बिद्युत अवरुद्ध भएको थियो । नेपाल बिद्युत प्राधिकरणका कर्मचारीहरुले बिद्युत सुचारु गर्नका लागि छिनेका तार जोड्ने काम गरेका थिए ।