हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको अध्यक्षमा ऋषिलाल श्रेष्ठ निर्वाचित भएका छन ।
हेटौँडामा बुधबार सम्पन्न १०औँ जिल्ला अधिवेशनबाट ११८ मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी शुक्रराज प्रजाले ७२ मत प्राप्त गरे ।
अधिवेशनले चार वर्षे कार्यकालका लागि २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । अध्यक्षबाहेक कार्यसमितिका अन्य सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यमध्येबाट आठ जना पदाधिकारी चयन गरिने जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्