हेटौँडा। रानी सामुदायिक वन उपभोक्ता समूहले दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
मकवानपुरगढी गाउँपालिका–३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यता तथा समूहका अध्यक्ष केशव धितालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सामुदायिक वन समूहको ३३औँ वार्षिकोत्सवका अवसरमा प्रकाशन गर्न लागिएको ‘रानी सामुदायिक वन स्मारिका’का विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य रामहरि चौलागाई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, जागरण सहकारीका अध्यक्ष शत्रुधन दुलाल, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, प्रज्वल शिक्षा सदनका प्रिन्सिपल गणेशकुमार श्रेष्ठ र नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोलालगायतको आतिथ्यता रहेको थियो ।


भीमसेन पौडेल 
















प्रतिक्रिया दिनुहोस्